×

पोखरा र भैरहवामा विमानस्थल बनाउँदा व्यापक भ्रष्टाचार भएको छ - प्रेमबहादुर आले

images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेले आफूले संसद्मा बोलेको विषयलाई लिएर विभिन्न मिडियाहरुले तोडमोड गरी अश्लिल बोलेको भनि भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ‘पार्टीको दवाब झेल्न नसकेर त्यो मान्छेलाई डीजी बनाइयो’ भनेर आफूले भनेकोमा विभिन्न मिडियाले त्यसलाई तोडमोड गरेर समाचार लेखेको बताए ।

नेता आलेले पोखरा र भैरहवामा विमानस्थल बनाउँदा व्यापक भ्रष्टाचार भएको दाबी गर्दै आफूले विगतदेखि नै बोल्दै आएको बताए । उक्त कुरालाई ड्राइभर्ट गर्नका लागि मिडियाले आफूले बोलेको भन्दा फरक अर्थ लाग्नेगरी समाचार बनाएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।

‘मैले पटक–पटक भन्दै आएको छु– पोखरा र भैरहवामा व्यापक भ्रष्टाचार भएको छ । त्यो कुरालाई ड्राइभर्ट गर्नका लागि त मिडियाले यो लेखेको होइन ? त्यसलाई ड्राइभर्ट गर्नका लागि मेरो हुर्मत दिएको त होईन् ?’ प्रश्न गर्दै उनले भने ।

मङ्गलबार १६ बैशाख २०८२ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया