×

किष्ट अस्पताल तनावग्रस्त, सुत्केरीको मृत्युपछि आफन्तको ढुंगामुडा

images

ललितपुर । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पताल तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले प्रदर्शन गर्दै ढुंगामुढासहित तोडफोडमा उत्रिदा अवस्था तनावग्रस्त बनेको हो ।

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आइतबारदेखि नै प्रदर्शन गरेका थिए । उनीहरुले सोमबार बिहान पनि प्रदर्शन गरेपछि अस्पतालमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । ठुलो संख्यामा उपस्थित रहेको प्रहरीको घेरा तोडेर मृतकका आफन्त र परिवारका सदस्यहरु अस्पताल भित्र पसेर ढुंगामुडा गरेका छन् ।

गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ । आफन्तहरुले अस्पताल बन्द गर्नुपर्ने, मीनालाई न्याय दिनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

 

सोमबार ११ कात्तिक २०८२ ०१:३३ PM मा प्रकाशित

प्रतिक्रिया