×

नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक

images

काठमाडौँ- नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राख्दै विभिन्न आकर्षक प्याकेजसहितको ‘विन्टर अफर’ सार्वजनिक गरेको छ। यसअघि सञ्चालनमा रहेको ‘अटम अफर’ लाई निरन्तरता दिँदै टेलिकमले नयाँ अफर ल्याएको हो।

विन्टर अफरअन्तर्गत एनटी-एनटी भ्वाइस प्याक, अल-नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक तथा अनलिमिटेड प्याकेज, कम्बो प्याक, सहुलियतपूर्ण अनलिमिटेड प्याक, अर्ली अनलिमिटेड प्याक, रेन्टलसहितका पोस्टपेड प्याकेज, सामाजिक सञ्जाल प्याकेजलगायत सेवा यथावत् रूपमा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ।

त्यसैगरी, एनटीसीको एड-अन प्याक, सीयूजी (CUG) प्याकेज, फरक क्षमता भएका व्यक्तिका लागि विशेष प्याकेज (Package for Differently Able Person) तथा नमस्ते वाइफाइ प्रयोगकर्ताका लागि उपलब्ध बन्डल प्याकेजहरू पनि विन्टर अफरअन्तर्गत समेटिएका छन्। एफटीटीएच (FTTH) अन्तर्गतका प्याकेजहरू समेत यथावत् राखिएका छन्।

नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध ‘सहज अनलिमिटेड प्याकेज’ लाई रिकरिङ प्याकेजको रूपमा निरन्तरता दिएको छ। यस प्याकेज प्रयोगकर्ताले प्रत्येक महिना नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्, किनभने यो प्याकेज स्वतः नवीकरण हुनेछ। यसअघि 14152*4# डायल गरेर मात्र लिन सकिने यो प्याकेज अब नेपाल टेलिकम एप तथा कम्पनीको वेबसाइटमार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ।

विन्टर अफरअन्तर्गतका प्याकेजहरू माघ ११ गतेदेखि आगामी ९० दिनसम्म उपलब्ध रहनेछन्। विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415# डायल गर्न सक्नेछन्। साथै, ‘नेपाल टेलिकम’ मोबाइल एप र कम्पनीको वेबसाइट www.ntc.net.np
मार्फत विस्तृत जानकारी लिन र सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

ग्राहकवर्गलाई अझ सहज, सुलभ र आकर्षक सेवा प्रदान गर्ने उद्देश्यसहित ल्याइएको विन्टर अफर लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ।

मङ्गलबार १४ माघ २०८२ ०८:३१ PM मा प्रकाशित

प्रतिक्रिया