काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदो २३ र भदौ २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदनमाथि नै प्रश्न उठाएका छन्। पोखरेलले उक्त प्रतिवेदनले आयोग निष्पक्ष छानबिनको लागि नबनेको कुरा पुष्टि गरेको बताएका छन् । कार्की आयोग र आम निर्वाचन–०८२ अल्गोरिदमार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको उनको भनाई छ ।
उनले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर रहेको बताएका छन् ।
उनले फेशबुकमा भनेका छन्– कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ । कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।
निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर छ। अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ—राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।
यस्तो अवस्थामा, ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ। तर पनि सत्य कुरा के हो भने- लोकपृयतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको वाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प पनि होइन ।
प्रतिक्रिया