×

प्रधानमन्त्री ओलीले आजको संसदमा गर्ने सम्बोधन स्थगित

images

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बर्खे अधिवेशनको पहिलो दिन संसदलाई गर्ने सम्वोधन स्थगित भएको छ। प्रधानमन्त्री ओलीले नै आज संसदमा गर्ने सम्वोधन स्थगित गरेका हुन्। बर्तौलाका अनुसार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्‌मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो । 

‘प्रधानमन्त्री संसद्‌मा बोल्दा सामान्यतया विपक्षी दलसहित  सबै प्रमुख दलका नेताहरू सहभागी हुने प्रचलन छ’, बर्तौलाले भने, ‘तर आज विपक्षी दलका नेता बाहिर भएकाले संसद्‌मा उपस्थित हुन नसक्ने भएपछि अरू कुनै दिन सम्बोधन गर्ने गरी स्थगित भएको छ ।’

अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्। विपक्षी दलका नेता प्रचण्ड र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले ओलीले आज बोल्ने कार्यक्रम रोकिएको बताइएको छ। देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन्।

आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो। 

शुक्रबार​ १२ बैशाख २०८२ १२:०१ PM मा प्रकाशित

प्रतिक्रिया