×

शेयर बजार १६ अङ्कले बढ्यो

images

हिजो साेमवार ३४ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ३२ अङ्कले बढेर दुई हजार दुई सय १७ दशमलव १९ विन्दुमा पुगेको छ । 

आज व्यापार र म्युचुल फन्डबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । दुई सय २४ कम्पनीकाे ३१ लाख कित्ता शेयर एक अर्ब आठ करोड ८८ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

आज लक्ष्मी लघुवित्तको शेयर झन्डै ६ प्रतिशत र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले बढेको छ । कर्पोरेट विकास बैंकको शेयर भने १० प्रतिशतले घटेको छ । 

मङ्गलबार १० जेठ २०७९ ०४:५१ PM मा प्रकाशित

प्रतिक्रिया