×

नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो- योगेशकुमार भट्टराई

images

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् । उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको पनि बताए ।

उनले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नहुने बताए । निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेपनि सरकारको ध्यान त्यतातर्फ नगएको भट्टराईको छ ।

उनले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको पनि बताए । नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी थोपरिएको बताए ।

एमालेले तीन वर्ष सरकार सञ्चालन गर्दा एक जना पनि कर्मचारी नथपेको भन्दै अहिले निगममा सयौँ कर्मचारी भर्ती गरेर निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालिएको आरोप लगाए । सांसद भट्टाराईले एमालेको पालामा सर्वसाधारणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निष्कर्षमा पुगे पनि निजीकरण ग¥यो भनेर कामै गर्न नदिइएको बताए ।

शुक्रबार​ ८ असार २०८० ०४:५४ PM मा प्रकाशित

प्रतिक्रिया