×

सुनको भाउ फेरि बढ्यो

images

हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेको छ।

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको छ।

अस्ति पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा पुगेको थियो।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्ति जस्तै आज पनि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

आइतबार​ ८ जेठ २०७९ १२:४६ PM मा प्रकाशित

प्रतिक्रिया