×

राखेप सदस्य सचिवको निर्णयप्रति उसु महासंघको आपत्ति

images

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको निर्णयप्रति नेपाल उसु महासंघले आपत्ति जनाएको छ । 

उक्त महासंघले एक विज्ञप्ति जारी गर्दै सचिव घिसिङको निर्णयप्रति आपत्ति जनाएको हो । 

१९औँ एसियाली खेलकुद प्रतियोगितामा उसु महासंघका व्यवस्थापकको रुपमा छनोट भई यक्रिएसन कार्ड पाएका नारायण गिरीलाई राखेपका सचिवले बाइपास गरी अन्यलाई समावेश गरेका छन् । 

गिरीलाई पठाउनुपर्नेमा अन्यलाई पठाएको भन्दै उसु महासंघले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । 

उसले विज्ञप्तिमा भनेको छ– उसु खेलको मेनेजरको रुपमा छनोट भई अन्तिम अवस्थामा नाम काटिएका नारायण गिरीलाई सदस्य सचिवद्वारा जानकारी गराएको, खेलाडीहरूको कुनै पनि खेल सामाग्री नपुगेको, उसु खेलको मेनेजरको रुपमा कराँते खेलका प्रशिक्षक दीपक श्रेष्ठलाई पठाइएको प्रति उसु महासंघले घोर भत्र्सना गरेको छ । 

महासंघका अध्यक्ष वीरबहादुर तामाङले उसु खेलका व्यवस्थापकलाई राखेपले निरुत्साहित गरेको आरोप लगाए । 

यस खेल व्यवस्थापकको अनुपस्थितिले खेलाडीले हालसम्म खेल सामाग्री पाए नपाएको जानकारी समेत नभएको महासंघले बतायो । 

व्यवस्थापकलाई निरुत्साहित गर्नु भनेको सिंगो उसु खेलका खेलाडीमाथि अन्याय गर्नु सरह हो । यसले सिंगो खेल जगतलाई निराशा बनाएको उनले बताए । 

यो खेल असोज ६ गतेदेखि चीनमा शुरु हुँदैछ । 


 

बुधबार ३ असोज २०८० ०६:४३ PM मा प्रकाशित

प्रतिक्रिया