×

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइदै

images

काठमाडौँ । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइदैछ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ ।

यस बर्ष 'परिवारप्रति सम्मान र प्रभावकारी सहयोग सुनिश्चित गर्दै सामाजिक र संस्थागत दुर्व्यवहारको अन्त्य गर्नु' भन्ने नारासहित अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइदैछ ।

सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ। गरिबीको व्याख्या गर्दा संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ । 

दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ। नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू संचालन गरेको छ ।  नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको छ । नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अबौं रुपैयाँका फरक–फरक कार्यक्रमहरू संचालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन ।

नेपालमा राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७९-०८० मा गरेको नेपाल जीवनस्तर सर्वेक्षण अनुसार अझै पनि २०.२७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको छ । विश्वमा करिब ४४ प्रतिशत मानिस गरिवीको रेखामुनी रहेका छन् ।

 

शुक्रबार​ १ कात्तिक २०८२ ०६:४२ AM मा प्रकाशित

प्रतिक्रिया