काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले असोज ३ गतेदेखि सुरु हुन लागेको १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरेर पार्टी एकताका लागि वार्ता थाल्न सभापति गगन थापालाई विशेष आग्रह गर्नुभएको छ।
काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावको पूर्वसन्ध्यामा पार्टी प्रवेश गर्नुभएका प्रभावशाली युवा नेता मनिष मिश्रलाई केन...
जसपा र लोसपा त्यागेर कांग्रेस प्रवेश गरेका मनिष मिश्रलाई गगनले बनाए केन्द्रीय सदस्य
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता खड्काले दुईवटा अलग–अलग अधिवेशन हुने परिस्थिति नरोकिए कांग्रेस पार्टीको विभाजन कसैले रोक्न नसक्ने चेतावनी दिनुभएको हो।
काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले विगतका आन्तरिक विवाद र तिक्ततालाई बिर्सेर आगामी १५औँ महाधिवेशनमा सहभागी हुन पूर्वसभाप...
कांग्रेस १५औँ महाधिवेशन: 'उद्घाटनको दिन बिहानसम्म पनि शेरबहादुर दाइलाई ल्याउने कोसिस गर्छु'– गगन थापा
सभापति थापालाई गम्भीर रूपमा आत्मसमीक्षा गर्न र एकपटक पुन: घोत्लिन आग्रह गर्दै खड्काले लेख्नुभएको छ, "तपाईं आज जुन निर्णयमा पुग्नुभयो, त्यो निर्णय वैशाख २१ को हामीबीच भएको संवादपछि त्यही महिनामा निर्णय गर्नुभएको भए जेठको पहिलो साताभित्र सिंगो कांग्रेस तपाईंको नेतृत्वमा सानेपा पार्टी केन्द्रीय कार्यालयमा सम्पूर्ण रूपमा एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो। देशभरि मात्र होइन, संसारभरि रहनुभएका नेपाली कांग्रेसका नेता, सदस्य, शुभचिन्तक सबैमा कति ठूलो उत्साह, हौसला र पार्टी निर्माणका लागि कति ठूलो ऊर्जा सिर्जना हुन्थ्यो होला ?"
नेता खड्काले महाधिवेशन केही समय सारेर भए पनि शीर्ष नेतृत्वसँग संवाद अघि बढाउन सुझाव दिनुभएको छ। "असोज ३ गतेदेखि प्रारम्भ गर्नेगरी घोषणा गरेको १५ औं अधिवेशनको कार्यतालिका स्थगन गरी केही समयको लागि सार्नुस्," उहाँले भन्नुभएको छ, "तपाईंले पार्टीमा आज गर्नुभएको निर्णयको बलियो जगमा पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति आदरणीय शीर्षनेता शेरबहादुर देउवाज्यु अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा वार्ता–संवाद तत्काल प्रारम्भ गर्नुस्। मलाई आत्मविश्वास छ, पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ।"
कांग्रेसको संस्थापन र असन्तुष्ट पक्षबीच महाधिवेशनको विधि र प्रक्रियालाई लिएर मतभेद बढिरहेका बेला खड्काको यो भावुक र गम्भीर आग्रहलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया