काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावको पूर्वसन्ध्यामा पार्टी प्रवेश गर्नुभएका प्रभावशाली युवा नेता मनिष मिश्रलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको छ। पार्टी विधानबमोजिम सभापति थापाले उहाँलाई केन्द्रीय सदस्यको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिनुभएको हो।
काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले विगतका आन्तरिक विवाद र तिक्ततालाई बिर्सेर आगामी १५औँ महाधिवेशनमा सहभागी हुन पूर्वसभाप...
कांग्रेस १५औँ महाधिवेशन: 'उद्घाटनको दिन बिहानसम्म पनि शेरबहादुर दाइलाई ल्याउने कोसिस गर्छु'– गगन थापा
मिश्र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पूर्वमहासचिव तथा जसपा–लोसपा एकतापछि बनेको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समन्वय समिति सदस्य हुनुहुन्थ्यो। चुनावको पूर्वसन्ध्यामा सर्लाही क्षेत्र नम्बर ४ मा टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै उहाँ जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो। उहाँलाई कांग्रेस सभापति थापाले नै पार्टीमा भित्र्याउनुभएको हो।
आगामी १५ौँ महाधिवेशनको संघारमा पार्टीभित्रका पुराना र नयाँ दुवै पक्षका नेताहरूलाई मिलाएर लैजाने कसरत स्वरूप यो मनोनयन भएको बुझिएको छ। मधेश प्रदेशमा कांग्रेसको प्रभावलाई अझ बलियो बनाउन र नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई उचित राजनीतिक स्पेस दिन सभापति थापाले मिश्रलाई केन्द्रीय समितिमा स्थान दिनुभएको पार्टी स्रोतले जनाएको छ।
यो मनोनयनसँगै कांग्रेसले नयाँ, जुझारु र युवा पुस्ताका नेताहरूलाई पार्टीको नीति निर्माण तहमा प्राथमिकता दिन थालेको सकारात्मक सन्देश प्रवाह भएको छ।
बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा समेत सभापति थापाले पार्टी एकता र व्यवस्थापनका लागि आफू जुनसुकै हदसम्मको लचकता अपनाउन तयार रहेको प्रष्ट पार्नुभएको थियो। असन्तुष्ट पक्ष र नवप्रवेशी दुवैलाई एकताबद्ध बनाएर लैजाने थापाको अभियानअन्तर्गत यो मनोनयनलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
नवनियुक्त केन्द्रीय सदस्य मनिष मिश्रले पार्टीले सुम्पेको जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले आगामी असोज ३ र ४ गतेदेखि सुरु हुने वडा अधिवेशनलाई देशभरी सफल बनाउन आफ्नो तर्फबाट अधिकतम योगदान दिने बताउनुभएको छ।
प्रतिक्रिया