×

हिन्दु विश्वविद्यालय स्थापनार्थ अवधारणापत्र

images


काठमाडौं । हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि बनेको कार्यदलले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई सम्भाव्यता अध्ययनसहितको अवधारणा पत्र बुझाएको छ।

सम्भाव्यता अध्ययन कार्यदलका संयोजक डा. जगमान गुरुङले आइतबार  अवधारणपत्र बुझाएको हो। पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि गुरुङको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको थियो।

समिति सदस्यमा प्रा.डा. रामचन्द्र गौतम, प्रा. चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा. घनश्याम खतिवडा थिए।

सोमबार ४ बैशाख २०८० १०:३६ AM मा प्रकाशित

प्रतिक्रिया