×

पदाधिकारीमा इतर समूहको वर्चस्व: उपसभापतिमा चन्द्र र महामन्त्रीमा प्रदीपको शानदार मत

images

काठमाडौँ, २५ असोज २०८३ - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणना रोचक मोडमा पुगेको छ । निर्वाचन समितिका अनुसार ४ हजार ६०० मत गणना सम्पन्न हुँदा खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्री पदमा प्रदीप पौडेलले आफ्नो सुरुवाती अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै विजयोन्मुख यात्रा तय गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार संस्थापन इतर (गगन थापा) पक्षका उम्मेदवारहरूले पदाधिकारीका मुख्य पदहरूमा बलियो पकड जमाएका छन्।

खुला उपसभापति: चन्द्र भण्डारी शीर्ष स्थानमा, दोस्रो पदका लागि त्रिपक्षीय भिडन्त

दुई जना निर्वाचित हुने खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी २,३४३ मतसहित सबैभन्दा अगाडि छन्। दोस्रो स्थानका लागि भने ई. मधु आचार्य, गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डेबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ :
१. डा. चन्द्रकान्त भण्डारी : २,३४३ मत (निकै अगाडि) 
२. ई. मधु आचार्य : १,४४१ मत (दोस्रो स्थानमा) [
३. गोविन्द भट्टराई : १,२१९ मत
४. सुरेन्द्रराज पाण्डे : १,१५० मत 
५. धनराज गुरुङ : १,०५३ मत 
६. दीपक गिरी : ६३८ मत 
७. प्रा. डा. चन्द्र मोहन यादव : ३८७ मत [

समावेशी उपसभापति: विनोद चौधरी र जीवन परियारबीच कडा टक्कर

एक जना मात्र निर्वाचित हुने समावेशी उपसभापति तर्फ विनोदकुमार चौधरी र जीवन परियारबीचको मतान्तर निकै कम रहेको छ:

  • विनोदकुमार चौधरी : १,१४५ मत 
  • जीवन परियार : १,१०७ मत 
  • सीता गुरुङ : ७४९ मत 
  • फरमुल्लाह मन्सुर : ६३७ मत 
  • रञ्जित कर्ण : ३५२ मत 

खुला महामन्त्री: प्रदीप पौडेलको ऐतिहासिक मतसहित अग्रता, राणा र शर्मा भिड्दै

दुई खुला महामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा प्रदीप पौडेल २,६५७ मत बटुल्दै अत्यधिक मतका साथ शीर्ष स्थानमा रहेका छन् । दोस्रो स्थान सुरक्षित गर्न उदयशमशेर राणा र डा. सुनिलकुमार शर्माबीच रोचक भिडन्त भइरहेको छ :
१. प्रदीप पौडेल : २,६५७ मत (फराकिलो अग्रता) 
२. उदयशमशेर राणा : १,४९१ मत (दोस्रो स्थानमा) 
३. डा. सुनिलकुमार शर्मा : १,३८७ मत 
४. अमरसिंह पुन मगर : ९२९ मत 
५. गुरुराज घिमिरे : ९२० मत 
नैन सिंह महर (६६८ मत), शंकर तिवारी (८८ मत) र डा. सन्तोष उपाध्याय (७२ मत) भने चुनावी दौडमा निकै पछि परेका छन् ।

महिला महामन्त्री: डिला संग्रौलाको अग्रता कायमै

एक पदका लागि भइरहेको महिला महामन्त्रीको गणनामा डा. डिला संग्रौलाले महालक्ष्मी उपाध्याय (डिना) माथि आफ्नो पकड कायम राखेकी छन्, :

  • डा. डिला संग्रौला (पन्त) : २,०३७ मत 
  • महालक्ष्मी उपाध्याय (डिना) : १,८३८ मत 
  • रीता खनाल : ४६६ मत 

यसअघि नै नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापा भारी बहुमतका साथ विजयी भइसकेका छन् । सानेपामा सीसी क्यामेरा जडान गरी कडा सुरक्षाबीच १४ वटा कोठामा मतगणना कार्य तीव्र गतिमा अघि बढाइएको छ । निर्वाचन समितिका अनुसार अबको केही घण्टाभित्रै उपसभापति र महामन्त्रीको अन्तिम नतिजा सार्वजनिक हुने सम्भावना छ ।


आइतबार​ २५ असोज २०८३ ०७:११ PM मा प्रकाशित

प्रतिक्रिया