×

लामो समयदेखि प्रसारण हुँदै आएको ‘द कपिल शर्मा शो’ बन्द हुँदै

images

काठमाडौं ।  भारतीय चर्चित कमेडियन कपिल शर्माको लामो समयदेखि प्रसारण हुँदै आएको ‘द कपिल शर्मा शो’ अब केही समयका लागि बन्द हुने भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शोको अन्तिम एपिसोड जुनमा प्रसारण हुनेछ । शोका निर्माताहरुले छिट्टै नयाँ र रचनात्मक सोच लिएर आउने बताएका छन् ।

शोका संचालक कपिलले कामबाट ब्रेक लिएर परिवारसँग समय बिताउनका लागि विदेश भ्रमणमा जाने भएका छन् । यो ब्रेकले शोमा केही नयाँ र रचनात्मक परिवर्तन ल्याउन समय दिने र फेरि एकपटक नयाँ सुरुवात गर्ने निर्माताहरूले बताएका छन् ।

शोका निर्माताहरुले भने, ‘हामीले शोको अन्तिम मिति तय गरेका छैनौं तर मेमा नै छायांकन पूरा गर्ने प्रयास गर्नेछौं । शोको अन्तिम एपिसोड जुनमा देखिनेछ । यसैबीच कपिल पनि अन्तर्राष्ट्रिय भ्रमणमा जाँदैछन् । जसका कारण उनले अहिले ब्रेक लिइरहेका छन् । हाम्रो टोलीले कपिलले ब्रेक लिनुअघि केही एपिसोड शूट गर्नेछ किनभने कपिल कति समयसम्म ब्रेकमा बस्ने भन्ने निर्णय भइसकेको छैन ।’

यसअघि २०२१ र २०२२ मा पनि कपिलले लामो ब्रेक लिएका थिए । करिब ६ महिनाको ब्रेकपछि कपिल नयाँ कलाकारका साथ आफ्नो शोमा फर्किएका थिए । तर, पछिल्लो पटक कपिल शोमा फर्किएपछि कृष्ण अभिषेक र चन्दन प्रभाकर उनीसँगै फर्किएनन् ।

कृष्णले च्यानलसँग सम्झौतामा विवाद भएको कुरा गरे भने चन्दन यो शो भन्दा आफू नयाँ केही गर्न चाहेको बताए । ‘द कपिल शर्मा शो’ लाई सलमान खान र बानिजय एशियाले निर्माण गरेका हुन् । एजेन्सी

आइतबार​ ३ बैशाख २०८० ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया