×

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, विमानस्थल आसपास क्षेत्रमा आगलागी

images

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण भएको छ । अक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ ।

दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको बताएको छ। घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन काम गरिरहेका रोयटर्सले जनाएको छ । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

सारजहाँ ट्वान्टी फोर अनलाइनले दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुईवटा ड्रोन खसेको जनाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् । त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् ।

यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन् । सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएईमाथि यस्ता आक्रमणको असर सबैभन्दा बढी परेको बताइएको छ । यद्यपि खाडीका अन्य अरब मुलुकहरू पनि यसबाट प्रभावित भएका छन् र ती सबैले इरानको आलोचना गरेका छन् ।

सोमबार २ चैत २०८२ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया