×

पोखरा महानगरले असोज १ गतेदेखि आफ्नो सेवा सुचारु गर्ने

images

पोखरा । पोखरा महानगरपालिकाले असोज १ गतेदेखि आफ्नो सेवा सुचारु गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा महानगरको कार्यालय र विभिन्न वडा कार्यालयमा आजगनी भएपछि असोज १ गतेदेखि सेवा सुचारु हुने जनाएको छ ।

महानगरले यसअघि असहज परिस्थितमा अनिश्चितकालका लागि स्वास्थ्य, दमकल फोहोरमैला, विपदबाहेकका सेवा बन्द गरेको थियो । त्यस्तै महानगर क्षेत्र भित्रका विद्यालयहरुपनि असोज १ गते देखि नै नियमित संचालान हुने जानकारी दिएको छ ।  

आइतबार​ २९ भदौ २०८२ ०८:०७ AM मा प्रकाशित

प्रतिक्रिया