×

नेप्सेमा हरियाली, ४ अर्ब ९७ करोडको कारोबार

images

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । सोमबार नेप्से ४४.२५ अंकले बढेर २५४७.६०  विन्दुमा पुगेर रोकिएको छ । आज ३३० कम्पनिका ९९ लाख ४ हजार ८७४ कित्ता शेयर ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर बढेको छ ।  

आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनि, नेपाल रिइन्सुरेन्स कम्पनि र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ इमर्जिङ नेपाल लिमिटेडको शेयर ९.९२ प्रतिशतले बढेको छ । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुल्य सबैभन्दा बढी ५.२६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्स कम्पनिको २६  करोड ४७ लाख बराबरको कारोबार भएको छ ।

सोमबार २७ असोज २०८२ ०७:३८ PM मा प्रकाशित

प्रतिक्रिया