×

प्रधानमन्त्री ओली मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक्सनमा उत्रिएका छन् । उनले आफ्ना सबै मन्त्रीहरूलाई दिउँसो २ बजे सिहंहदरबारमा हाजिर हुन भनेका छन् । मन्त्रीहरूको कार्य सम्पादन क्षमतामाथि प्रशासनिक र जनस्तरबाट प्रश्न उठिरहँदा प्रधानमन्त्री ओलीलले आफ्ना मन्त्रीहरूलाई सिंहदरबारमा उपस्थित हुन आह्वान गरेका हुन् ।

गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको आज ५७ दिन पुगिसकेको छ। प्रधानमन्त्रीले मन्त्रीहरुसँग मन्त्रालयगत कामको विवरण माग्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिए।

मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले आज साँझ मन्त्रिपरिदको बैठक पनि बोलाएका छन्। चाडपर्व नजिकिँदा जनताका कामहरू छिटोछरिटो सक्याउनुपर्नेमा त्यसो नभएको प्रधानमन्त्रीको गुनासो रहेको छ । जनतामा व्याप्त निराशालाई चिर्न के–कस्तो काम सम्पन्न गर्नुपर्ने हो त्यसको ठोस योजनामाथि पनि छलफल हुने बताइएको छ ।

सुशासन र स्थिरताका लागि भन्दै गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको दुई महिना पुग्न लागेको छ । तर सरकार र मन्त्रीहरूले जनसरोकारका विषयमा देखिने गरी काम गर्न नसकेको नागरिकको गुनासो कम हुन सकेको छैन । मन्त्रीहरूले कार्ययोजना पेश गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

५ मंसिर २०७६ मा मन्त्रिपरिषद्बाट तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवसहित कृषि राज्यमन्त्री रामकुमारी चौधरी र धनबहादुर बुढालाई बिदा गरेर नयाँ मन्त्रीहरु ल्याइएको थियो ।

१ वर्षे कार्यसम्पादन सम्झौताको आधा अवधि पनि नहुँदै ९ मन्त्रीहरु बिदा गरिएको थियो । कतिपय मन्त्रीहरुलाई स्वार्थ समूहको दबाब र प्रधानमन्त्रीसँगको विवादका कारण हटाइए पनि मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’लाई नै कारणका रुपमा देखाइएको थियो ।

बिहीबार २७ भदौ २०८१ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया