×

नेपाल–इटाली सहकार्यका विषयमा छलफल

images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका गैरआवासीय राजदूत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको थियो । 

इटालियन सरकारले नेपालको विकासमा गर्दै आएको प्रत्यक्ष तथा परोक्ष सहयोगको स्मरण गर्दैै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा राजदूत लुकाले विश्वकै निधिका रूपमा रहेका नेपालका सम्पदाको संरक्षण, पुननिर्माण तथा जीर्णोद्धारमा इटालियन सरकार सहयोग गर्न इच्छुक रहेको बताउनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

सोमबार २४ असोज २०७९ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया