काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदलीको अवस्था छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
आज रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई क्षेत्रलगायत अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसममा आएको यो परिवर्तनले पहाडी र हिमाली जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
प्रतिक्रिया