×

देश विकासका लागि आफू दत्तचित्त भएर लाग्छु -नवनियुक्त मन्त्री पुन

images

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू बढीमा तीन वर्षमात्र मन्त्री पदमा रहने घोषणा गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पुनले देश विकासका लागि आफू दत्तचित्त भएर लाग्ने बताए । 

‘द्रुत गतिमा रातदिन काम गर्ने हो,’ मन्त्री पुनले आफ्नो कार्ययोजना सुनाउँदै भने, ‘रातदिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । तीन वर्षपछि म मन्त्री हुँदिनँ ।’

उनले आफ्नो मुख्य उद्देश्य देशको प्राविधिक र नवप्रवर्तनको क्षेत्रमा बलियो जग बसाल्नु रहेको प्रष्ट पारे । आफूले आधार तयार गरेपछि नयाँ पुस्तालाई नेतृत्व सुम्पिने उल्लेख गर्दै उनले भने, ‘मन्त्रालयको जग बसालेर, यसलाई बलियो बनाएर नयाँ युवा भाइबहिनीहरूलाई अगाडि बढाउने हो ।’

नयाँ गठबन्धन सरकारको मन्त्रिपरिषद्को वरीयताक्रमअनुसार नवप्रवर्तनमन्त्री पुन आठौं स्थानमा रहेका छन् । 

मङ्गलबार २६ जेठ २०८३ ०७:३८ PM मा प्रकाशित

प्रतिक्रिया