×

मुलुक गम्भीर संकटको भूमरीमा, दलहरू नसुध्रिए देशले दुर्घटना थेग्दैन : पूर्वप्रधानमन्त्री भट्टराई

images

काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेको चेतावनी दिएका छन्। देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलहरूको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायहरूमा देखिएको अस्तव्यस्तताले देशलाई दुर्घटनातिर धकेलिरहेको उनले बताएका छन्।

पछिल्लो समय देशको राजनीतिक, आर्थिक र प्रशासनिक क्षेत्रमा देखिएको सुस्तता र अवाञ्छित गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै डा. भट्टराईले अब कुनै पनि बहानामा मुलुकले थप अस्थिरता र उथलपुथल थेग्न नसक्ने स्पष्ट पारेका छन्।

सत्तारूढ तथा विपक्षी दलभित्रको आन्तरिक संघर्ष, प्रशासनिक ढिलासुस्ती र राज्यका अंगहरूमा देखिएको अव्यवस्थाले जनतामा निराशा छाएको उनको ठहर छ। देशको यो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै उनले सबै राजनीतिक दल, नेतृत्व वर्ग र सरोकारवालाहरूलाई जिम्मेवार बन्न अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले आग्रह गरेका छन्,

देशमा बढ्दो भूराजनीतिक चलखेल, सत्ताधारी र प्रतिपक्षी दलहरूभित्र चर्कँदै गएको आन्तरिक अन्तरसंघर्ष, र राज्यका प्रमुख अंगहरूको अस्तव्यस्ततालाई उनले संकटका मुख्य कारकका रूपमा औंल्याएका छन्।

विशेषगरी न्यायालय, निजामती प्रशासन र प्रहरी संगठनजस्ता राज्यका आधारस्तम्भहरूमा देखिएको अन्योल र विचलनले मुलुकलाई थप कमजोर बनाएको उनको ठम्याइ छ।

यसैगरी, निरन्तर ओरालो लागिरहेको राष्ट्रिय अर्थतन्त्र, थपिँदो प्राकृतिक प्रकोपको भार, युवा वर्गको तीव्र विदेश पलायन, अनि सार्वजनिक सञ्चारमाध्यम र नागरिक वृत्तमा व्याप्त चुलिँदो निराशाले देशलाई गम्भीर दुर्घटनातर्फ ढकेलिरहेको उनले उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले चेतावनी दिएका छन्, “अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्नै सक्दैन! सबै आ-आफ्नो क्षेत्रबाट गम्भीर बनौँ। सक्छौँ, सकारात्मक योगदान गरौँ; सक्दैनौँ भने नकारात्मक काम नगरौँ।”

आइतबार​ १६ कात्तिक २०८३ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया