×

समानुपातिकको मत गणना सकियो, हेर्नुहोस कुन दलले कति सिट पाए ?

images

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना सकिएको छ । निर्वाचन आयोगकाअनुसार समानुपातिकतर्फ मतगणना सकिएको र आयोगको वेबसाइटमा प्रविष्ट गरिएअनुसार १ करोड ५ लाख ६० हजार ८२ मत गनिएको हो।  मत रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्छ । तर यो पद्धतिबाट निर्वाचित हुने ११० सिटमध्ये दलहरुले पाउने सिट संख्या भने करिब टुंगो लागिसकेको छ ।

images

यसरी गरिन्छ समानुपातिकतर्फको सिट बाँडफाँड ?

 काठमाडौं । नेपालमा केही दिनअघि आम निर्वाचन सम्पन्न भयाे । पहिलाे निर्वाचित हुने निर्वाचन प्रणालीतर्फकाे सबै क्षेत्रकाे नतिजा आइसकेकाे...

नेकपा एमालेले सबैभन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ भने नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेको छ।

उनकाअनुसार आज आयोगले समानुपातिकतर्फ कुन दलले कति सिट प्राप्त गरेको हो भन्नेबारे घोषणा गर्नेछ। साथै दलहरूलाई आयोगले पत्रसमेत दिनेछ। दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची यसअघि नै पेश गरिसकेका छन्। उक्त बन्दसूचीअनुसार अब समानुपातिकतर्फका उम्मेदवारलाई निर्वाचित गर्ने प्रक्रिया सुरू हुन्छ। 

समानुपातिक मतअनुसार सबैभन्दा धेरै नेकपा एमालेले सांसद पाउने देखिन्छ। एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमतले ५ सिट पाउने भएका छन्। नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा राष्ट्रिय पार्टी बनेनन्।

प्रमुख तीन दलले समानुपातिकतर्फ मत गुमाएका छन् । एमालेले २०७४ मा ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२४८५ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात सदर मतको ३२.७७५९ प्रतिशत मत पाएको थियो । यो पटक दुबै दलले करिव ६ प्रतिशत विन्दुले मत गुमाएका छन् ।

माओवादीले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात १३.६५९० प्रतिशत मत पाएको थियो । उसले पनि करिव २ प्रतिशत विन्दुले समानुपातिक मत गुमाएको छ ।

बुधबार २१ मंसिर २०७९ ०८:२८ AM मा प्रकाशित

प्रतिक्रिया