काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगतलाई स्तब्ध बनाएको छ। उनलाई नेपाली चलचित्रको एउटा बलियो ‘धरोहर’ का रूपमा मानिन्थ्यो।
नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित थिए। थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।
प्रतिक्रिया