×

टी-२० विश्वकपको दशौँ संस्करण आज देखि शुरु हुँदै, नेपालको पहिलो खेल इंग्ल्याण्डसंग

images

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा दशौँ संस्करणको टी-ट्वान्टी विश्वकप शनिवार औपचारिक रूपमा शुरु हुँदै छ। प्रतियोगिताको उद्घाटनको दिन तीन खेल आयोजना हुँदै छ। श्रीलंकाको कोलम्बोस्थित आर। प्रेमदासा स्टेडियम (वा सिन्हलीज स्पोर्ट्स क्लब ग्राउन्ड) मा पाकिस्तान र नेदरल्याण्ड्सबीचको खेलसँगै विश्वकपको औपचारिक सुरुआत हुनेछ।

अन्य खेलहरूमा वेस्ट इन्डिज र स्कटल्यान्ड (कोलकाताको इडेन गार्डेन्समा) तथा आयोजक भारत र अमेरिकाबीच (मुम्बईको वानखेडे स्टेडियममा) प्रतिस्पर्धा हुनेछ। भारतले यहीँ उद्घाटन समारोहसँगै आफ्नो उपाधि रक्षा अभियान शुरु गर्नेछ। यो संस्करणमा राजनीतिक तनावले पनि प्रभाव पारेको छ।

पूर्ण सदस्य राष्ट्र बंगलादेशले भारतीय भूमिमा खेल नखेल्ने अडान लिएपछि उनीहरू विश्वकपबाट बाहिरिएका छन्। आइसिसीले बंगलादेशको स्थानमा स्कटल्याण्डलाई समावेश गरेको छ। यो निर्णय आइपीएलमा बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई हटाइएपछि भारत बंगलादेश सम्बन्ध चिसिएसँग जोडिएको छ। यसले दक्षिण एसियाली क्रिकेटमा राजनीतिक प्रभावको इतिहासलाई दोहोर्‍याएको छ।

कुल २० राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने यो छोटो फर्म्याटको विश्वकप करिब एक महिनासम्म (मार्च ८ सम्म) चल्नेछ। प्रतियोगितामा कुल ५५ खेल हुनेछन्। २० टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा पाँच टोली छन्, जसले एकअर्कासँग एक९एक खेल खेल्नेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्। सुपर आठमा दुई समूह रहने छन् (प्रत्येकमा चार टोली), जहाँ पनि राउन्ड रोबिन फर्म्याटमा खेल हुनेछ।

यहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् र विजेताहरू फाइनलमा भिड्ने छन्। खेलहरू भारतका पाँच शहर (मुम्बई, कोलकाता, चेन्नई, दिल्ली, अहमदाबाद जस्ता प्रमुख मैदान) र श्रीलंकाका तीन मैदानहरू (कोलम्बोमा आर. प्रेमदासा र एसएससी तथा पल्लेकेले) मा सञ्चालन हुनेछन्। कुल आठ मैदान प्रयोगमा आउनेछन्। फाइनल मार्च ८ मा अहमदाबाद वा कोलम्बोमध्ये एकमा हुनेछ (पाकिस्तान फाइनलमा पुगे पाकिस्तानका खेल श्रीलंकामा मात्र हुने व्यवस्था छ)। डिफेन्डिङ च्याम्पियन भारत (२०२४ मा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको) ले घरेलु मैदानमा ऐतिहासिक तेस्रो उपाधि खोज्दै छ।

नेपालले लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक टी– २० विश्वकप खेल्न लागेको छ । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो । आइसिसी टी–२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा रहेको छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र इटाली छन् । बंगलादेशले सुरक्षाका कारण भारतमानखेल्ने भएपछि वरीयताको आधारमा स्टल्यान्डले मौका पाएको हो स्कटल्याण्ड सातौँ पटक विश्वकप खेल्दैछ । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्दैछ ।

नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ । दोस्रो खेल माघ २९ गते इटलीसँग, फागुन ३ गते वेस्ट इन्डिजसँग र चौथो खेल स्कटल्याण्डसँग फागुन ५ गते खेल्ने छ । नेपालका सबै खेलाडी मुम्बईको वाङखाडे रंगशालामा हुनेछन् । इंग्ल्यान्ड यो समूहको सबैभन्दा बलियो टोली हो । आइसिसी वरीयतामा तेस्रो स्थानमा रहेको छ । इंग्ल्यान्ड र वेस्ट इन्डिज दुवैले यो प्रतियोगिता दुई–दुई पटक जितिसकेका छन् । नेपाल, स्कटल्याण्ड र इटालीले कुनै पनि बेला ठूला टोलीलाई हराएर उलटफेर गर्न सक्ने क्षमता राख्छन् ।

नेपालका लागि छनौट चरका ४ खेल मध्ये कम्तिमा दुई खेल जितेमा सुपर ८ को सम्भावना बलियो हुने छ । यो जितले नेपाललाई २०२८ मा २०२८ मा अष्ट्रेलिया र न्युजिल्यान्डमा हुने टी ट्वान्टी विश्वकप सोझै खेल्ने अवसर प्राप्त हुनेछ । आईसीसीको नियमअनुसार सुपर–८ मा पुग्ने आठ टोली, आयोजक र वरियतामा माथि रहने गरि कूल १२ टोली सोझै विश्वकप खेल्न पाउनेछन् ।

मुबई, तेन्दुल्कर र वानखेडे क्रिकेट मैदान । एक अर्काका पर्यावाची जस्तै हुन । विश्वचर्चित खेलाडी सचिन तेन्दुल्करले आफ्नो करियरको अन्तिम खेल यही मैदानमा खेलेका हुन । सन् १९७४ मा निर्माण भएको यो मैदानमा हालसम्म अन्तर्राष्ट्रिय २७ टेस्ट, २८ एकदिवसीय र ९ वटा टी– २० खेल भएका छन् । यही मैदानमा भारतले सन् २०११ को आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

यो मैदान तत्कालीन बम्बई क्रिकेट संघका अध्यक्ष शेषराव वानखेडेको नाममा नामाकरण गरिएको हो । मुम्बई क्रिकेट संघको स्वामित्वमा रहेको यो मैदानको दर्शक क्षमता सुरुवातमा ४५ हजार थियो तर सन् २०११ म पुनर्निर्माण गर्ने क्रममा मैदानको क्षमता कम गरि करिब ३३ हजार ५०० पु¥याइएको छ ।

यो मैदानमा पहिलोपटक सन् १९७५ मा टेस्ट भएको थियो । उक्त खेलमा भारत र वेस्ट इन्डिज खेलेका थिए । यसैगरी, सन् १९८७ मा पहिलो एकदिवसीय र २०१२ मा पहिलो टी– २० अन्तर्राष्ट्रिय खेल भएको हो । इन्डियन प्रियिमर लिग (आईपीएल)मा वानखेडेलाई मुम्बई इन्डियन्सले घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ । यस मैदानमा यसअघि सन् १९८७, १९९६, २०११ र २०२३ को एक दिवसीय तथा सन् २०१६ को टी– २० विश्वकपका खेल सञ्चालन भएका थिए । १० वर्षपछि सो मैदानमा फेरी टी२० विश्वकप हुन लागेको छ ।

टी–२० विश्वकपको इतिहास 

सन् २००९ माभएको दोस्रो संस्करण पाकिस्तानले जितेको थियो । पाकिस्तानले पहिलो विश्वकपमा भारतसँगको हारको बदला लिँदै उपाधि जित्यो । सन् २०१० मा भएको तेस्रो संस्करण इंग्ल्यान्डले उचाल्यो भने सन् २०१२ मा भएको चौथो संस्करण वेस्ट इन्डिजले श्रीलंकालाई उसकै मैदानमा हराएर उपाधि जितेको हो ।

सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा श्रीलंकाले फाइनलमा भारतलाई हराउँदै उपाधि जित्यो । सन् २०१६ मा भएको छैठौँ संस्करणमा जित निकाल्दै वेस्ट इन्डिज दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । सन् २०२१ मा भएको सातौँ विश्वकपमा अस्ट्रेलियाले पहिलो पटक उपाधि जित्यो भने सन् २०२२ मा इंग्ल्यान्डले पाकिस्तानलाई हराउँदै दोस्रो पटक टी–२० विश्वकप जित्यो ।

यो वर्ष इंग्ल्याण्ड एकैसाथ एकदिवसीय र टी–२० दुवैको विश्व विजेता बन्न सफल भएको हो । सन् २०२४ मा नवौँ संस्करण आयोजनाभएको थियो । यस संस्करणमा २० टोलीको सहभागिता रहेको थियो । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक उपाधि जित्न सफल भयो ।

शनिबार २५ माघ २०८२ ०९:०१ AM मा प्रकाशित

प्रतिक्रिया