×

एएफसी एसियन कप छनोट : कुवेतमा नेपाली टिमको अभ्यास सत्र सुरु

images

एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास गरेको छ । कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादीस्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो ।

नेपालले स्थानीय समयअनुसार आइतबार साँझ ७ बजे (नेपालमा पौने १० बजे) अभ्यास गरेको हो । नेपाली टिमले केही समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवेत पुगेको हो ।

कतारमा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ टिमोरसँग २–२ र श्रीलंकासँग ११ गोलको बराबरी खेल्दा नेपाल ओमानसँग २० ले पराजित भएको थियो ।

यसपछि नेपाली टिम शनिबार कुवेत आईपुगेको थियो । नेपालले सोमबारसमेत सोहि मैदानमा अभ्यास गर्नेछ ।

स्थानीय समयअनुसार ७ बजे सुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बताएका छन् । हाल टोलीमा २३ खेलाडीसहित नौ अधिकारी छन् ।

समूह ए मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

सोमबार २३ जेठ २०७९ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया