×

साफ यु-१९ च्याम्पियनसिप : भारत र बंगलादेश फाइनलमा भिडने

images

साफ यु-१९ महिला फुटबल च्याम्पियनसिपमा भारत र बंगलादेश फाइनलमा पुगेका छन् । पोखरा रंगशालामा जारी च्याम्पियनसिपमा अपराजित रहदै बंगलादेश र एक खेल गुमाउँदै भारत फाइनलमा पुगेका हुन् ।

बंगलादेशले लिग चरणका ३ वटै खेलमा जित निकाल्यो । भारत लिग चरणमा बंगलादेशसंग पराजित हुँदा नेपाल र भुटानलाई पराजित गर्‍यो । नेपालले भुटानलाई मात्र पराजित गर्दा भुटान जितविहिन बन्यो ।

लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसंग ४-० गोलले पराजित भयो । बंगलादेशको जितमा अल्पी अख्तरले ह्याट्रिक पूरा गरिन्। प्रतिमा मुण्डले एक गोल गरिन्। उपाधिका लागि बंगलादेश र भारतबिचको खेल आगामी शनिबार हुनेछ ।

बुधबार २२ माघ २०८२ ०७:२६ PM मा प्रकाशित

प्रतिक्रिया