×

कस्तो छ आजको मौसम पूर्वानुमान ?

images

काठमाडौँ  । हाल देशभर पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज  दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । कोसी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

बुधबार २२ माघ २०८२ ०९:२२ AM मा प्रकाशित

प्रतिक्रिया