×

शनिबार दिउसोदेखि नदीहरुमा बहाब बढ्न शुरु हुने, सतर्क रहन आग्रह

images

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले हाल देशका सवै प्रमुख नदीहरुमा जलसतह सामान्य र स्थिर रहेको जनाएको छ ।

शुक्रबार दिउसो बुलेटिन जारी गर्दै महाशाखाले भोली शनिवार दिउँसोसम्म सवै प्रमुख नदीहरुमा अवस्था सामान्य नै रहने उल्लेख गर्दै भोली दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्विनी प्रदेशको क्षेत्रमा वर्षा शुरु भई नदीहरुमा बहाब बढ्न शुरु हुने बताएको छ ।

महाशाखाले भोली (शनिवार) राती नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुं, लम्जुङ्, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरु भइ बहने स-साना नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको जानकारी दिएको छ । 

साथै पर्सि आइतबार विहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्सयाङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र आसपासका नदीहरु तथा तिनका शाखा नदीहरुमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको बुलेटिनमा उल्लेख छ ।

त्यस्तै आइतबार रातीदेखि प्रणाली विस्तारै पूर्वतर्फ सर्दै जाने र कोसी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ ।

उल्लेखित पूर्वानुमान अनुसार बाढी र डुवान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरुमा उच्च सतर्कता आवश्यक रहेको र विभागले हरेक ६-६ घण्टामा बाढी पूर्वानुमान र पूर्वसूचना सम्बन्धि अपडेट जारी गर्ने बताएको छ ।

शुक्रबार​ १७ असोज २०८२ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया