काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।
दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग रहेको र सहज उपलब्ध नरहेको अवस्थालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यमा दशैंको टीकाको दिन अर्थात् असोज १६ गते अधिकतम भाडादर सार्वजनिक गरेको हो ।
नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिएको जनाएको छ । साथै प्राधिकरणले तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रहेको छ ।
सार्वजनिक अधिकतम हवाई भाडादर:
१- काठमाडौं–विराटनगर: ९ हजार ७८५ रुपैयाँ ।
२- काठमाडौं–भरतपुर: ४ हजार ६४३ रुपैयाँ ।
३- काठमाडौं–भद्रपुर: १२ हजार ११२ रुपैयाँ ।
४- काठमाडौं–जनकपुरमा: ५ हजार ४७० रुपैयाँ ।
५- काठमाडौं–पोखरा: ६ हजार ६३५ रुपैयाँ ।
६- काठमाडौं–नेपालगञ्ज: १३ हजार १०३ रुपैयाँ ।
७- काठमाडौं–धनगढी: १७ हजार ५७९ रुपैयाँ ।
८- काठमाडौं–सिमरा: ३ हजार ९७८ रुपैयाँ ।
९- काठमाडौं–भैरहवा: ८ हजार ४६१ रुपैयाँ ।
१०- काठमाडौं–राजविराज: ८ हजार २१० रुपैयाँ ।
११- काठमाडौं–सुर्खेत: ९ हजार ३० रुपैयाँ ।
१२- काठमाडौं–तुम्लिङटार: ७ हजार ६३० रुपैयाँ ।
प्रतिक्रिया