×

अक्टोबरमा नेपाल आउने पर्यटकको संख्या बढ्यो, युरोपबाट सबैभन्दा बढी

images

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन ३ प्रतिशतले बढेको छ । गत बर्षको अक्टोबर महिनामा भन्दा यस बर्षको अक्टोबरमा नेपाल आउने विदेशी पर्यटकको संख्या ३.३ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

यस बर्षको अक्टोबरमा कुल एक लाख २८ हजार ४४३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको अक्टोबरमा एक लाख २४ हजार ३९१ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को अगस्तमा यो संख्या एक लाख ३४ हजार ९६ रहेको थियो । 

नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी युरोपबाट नेपाल आएका छन् ।  युरोपबाट अक्टोबर महिनामा ४० हजार ६०० जना अर्थात ३१.६ प्रतिशत पर्यटक नेपाल आएका छन् ।  त्यस्तै अन्य दक्षिण एशियन देशका २२.६ प्रतिशत पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ । 

त्यसैगरी एशियाका अन्य देशका १८ प्रतिशत, अमेरिकाबाट १२.८ प्रतिशत पर्यटक अक्टोबर महिनामा नेपाल आएका छन् । 

त्यस्तै नेपाल आउने सबैभन्दा बढी पर्यटक छिमेकी देश भारतका रहेका छन् । अक्टोबर महिनामा मात्र नेपालमा १७ हजार २९८ भारतीय नेपाल आएका छन् ।  त्यस्तै अमेरिकाबाट १३ हजार २८६ पर्यटक अक्टोबरमा नेपाल आएका छन् । त्यस्तै बेलायतबाट ८ हजार ७१८ जना, छिमेकी मुलक चीनबाट ६ हजार ७५५ जना नेपाल आएका छन् । त्यस्तै जर्मनीबाट ६ हजार ३६६,  अस्ट्रेलियाबाट ६ हजार १७७, श्रीलंकाबाट ५ हजार ५३५ , फ्रान्सबाट ५ हजार ४५ जना नेपाल आएका छन् ।

त्यस्तै बंगलादेशबाट ४ हजार ६४१ जना, जापानबाट २ हजार ३२१, इटालीबाट २ हजार ७०५ र म्यान्मारबाट ३ हजार ३८ पर्यटक अक्टोबर महिनामा नेपाल आएका छन् ।

पर्यटन बोर्डका अनुसार जनवरी देखि अक्टोबरसम्म कुल ९ लाख ४३ हजार ७१६ पर्यटक नेपाल आएका छन् । अघिल्लो बर्ष २०२४ को जनवरीदेखि अक्टोबरसम्म ९ लाख ४१ हजार २४ पर्यटक नेपाल आएका थिए । जबकी कोरोना अघि २०१९ को जनवरीदेखि अक्टोबरसम्म ९ लाख ६५ हजार ९९६ पर्यटक नेपाल आएका थिए ।

 

आइतबार​ १७ कात्तिक २०८२ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया