×

बेलायतको म्यानचेस्टरमा कार आक्रमण

images

काठमाडौँ । बेलायतको म्यानचेस्टरमा कार आक्रमणमा चार जना घाइते भएका छन् । आक्रमण यहूदी पूजास्थल नजिकै भएको थियो ।

आक्रमणमा संलग्न संदिग्धलाई प्रहरीले गोली हानेको छ र  संदिग्ध आक्रमणकारीको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीले प्रहरीलाई घटनाको बारेमा जानकारी गराएका थिए । प्रत्यक्षदर्शीले कार मानिसहरूको भीडतिर दौडिरहेको र एक जनालाई कुल्चेको देखेका थिए । घटनापछि बेलायती प्रधानमन्त्री केइर स्टारमरले डेनमार्कको आफ्नो यात्रा रद्द गरेका छन् र कोपेनहेगनबाट फर्कदैछन् । स्टारमरले आज साँझ लन्डनमा आपतकालीन बैठक गर्ने बताइएको छ ।

 

बिहीबार १६ असोज २०८२ ०६:४९ PM मा प्रकाशित

प्रतिक्रिया