×

रोनाल्डोले अल नासरका लागि साउदी अरेबियामा खेल्ने

images

रियाद । एकपछि अर्को विवादमा फसिरहेका क्रिस्टियानो रोनाल्डोले अब साउदी अरेबियाको लिगमा खेल्ने भएका छन्, त्यो पनि कीर्तिमान पारिश्रमिकमा । पोर्चुगाली खेलाडीले सन् २०२५ सम्मका लागि अल नासरसँग अनुबन्ध गरेका छन् । त्यस अगाडि एक अन्तर्वार्ताका क्रममा म्यानचेस्टर युनाइटेडको कडा आलोचना गरेका थिए ।

त्यसपछि दुवै पल्टले एक आपसमा अलग हुने स्थिति बनेको थियो । नयाँ अनुबन्ध अनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड पारिश्रमिक लिनेछन् । यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान पनि हो । रोनाल्डोको म्यानचेस्टरसँगको दोस्रो अनुबन्ध सुखद रहेन् ।

रियल म्याड्रिड छाडेर युभेन्ट्स हुँदै म्यानचेस्टरसम्मको यात्रा उनको लागि सुखद रहन सकेको थिएन् । अहिलेको नयाँ अनुबन्धपछि ३७ वर्षीय रोनाल्डोले आफू नयाँ देशमा फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको बताएका छन् । साउदी प्रो लिग च्याम्पियन अल नासरले पनि रोनाल्डोलाई अनुबन्ध गरेर नयाँ इतिहास बनेको प्रतिक्रिया दिएको छ । 

शनिबार १६ पुस २०७९ ०९:१५ PM मा प्रकाशित

प्रतिक्रिया