×

चीनको सहयोगमा पाकिस्तानको रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

images

काठमाडौँ । पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट आफ्नो रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले जानकारी दिदै यो उपग्रह पाकिस्तानको अन्तरिक्ष एजेन्सी सुपरकोले चिनियाँ कम्पनीहरू सिइटिसी र माइक्रोस्याटसँगको सहकार्यमा विकास गरिएको बताएको हो ।

विदेश मन्त्रालयले भनेको छ- 'यो उपग्रहले उच्च गुणस्तरका तस्बिरहरू पठाउनेछ, जसले पाकिस्तानलाई शहरहरूको योजना बनाउन, सडक र भवनहरू विकास गर्न, प्राकृतिक प्रकोपहरूसँग जुध्न, कृषिको अनुगमन गर्न, जलवायु परिवर्तन बुझ्न राम्रो प्रयोग गर्न मद्दत गर्नेछ ।'

 

बिहीबार १६ साउन २०८२ ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया