×

नाउपा विवाद: आफै अध्यक्ष रहेको श्रेष्ठको दाबी

images

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले हालै बसेको भनिएको पार्टीको राष्ट्रिय भेला विधान विपरित भएको बताएकी छन् ।  

बिहीबार सिंहदरबारमा प्रतिक्रिया दिदै श्रेष्ठले विधानविपरीतको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी हुन् । उनले पार्टीमा राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्र भएको समेत बताइन् ।  श्रेष्ठले आफुलाई अध्यक्षबाट हटाएको भन्दै भ्रम फिजाइएको भन्दै आफु अहिले पनि पार्टी अध्यक्ष कायम रहेको बताउदै आफुले कुनै पनि भेला वा बैठक आह्वान नगरेको बताइन् । 

यसैबीच अध्यक्ष श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । उनले चौधरीलाई विधान विपरीतका क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोधेकी हुन् ।

नाउपामा संरक्षक रेशम चौधरी पक्षले श्रेष्ठलाई कारवाही गर्दै अध्यक्ष तथा पार्टीको सदस्यबाट समेत हटाएको छ । 

 

बिहीबार १६ साउन २०८२ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया