×

दैलेखमा हाईस दुर्घटना

images

काठमाडौँ- सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेखस्थित रामाघाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ  ।

कर्णाली राजमार्ग अन्तर्गत पश्चिम दैलेखको पालेतडामा हाईस दुर्घटना भएको हो । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । अन्य आठ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

११ जना यात्रु र दुई जना चालक गरी १३ जना रहेकोमा सबै जना घाइते भएको प्रहरीको भनाइ छ । घाइतेहरूको पहिचान हुन बाँकी छ ।

मङ्गलबार १७ माघ २०७९ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया