×

मिलेमतोमै व्यापक कर छली

images

काठमाडौं ।  विभिन्न व्यापारिक संघसंस्था, प्रतिष्ठान र राजस्व कर्मचारीको मिलमतोकै कारण व्यापक कर छली तथा राजस्व चुहावट भइरहेको छ । यो तथ्य सरकारी अधिकारीले समेत स्वीकारेका छन् ।

कर छली तथा राजस्व चुहावटक्रम झनै बढेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मनत्रलयलाई त्यस्तो प्रवृत्ति रोक्न विभिन्न सुझाव दिँदै तोकता गरेको छ ।

३२ औं वार्षिक प्रतिवेदनमा अख्तियारले ‘अर्थ मन्त्रालयलाई राजस्व चुहावट र कर छली रोकी आर्थिक क्षेत्र सुधार गर्ने सम्बन्धमा १० महत्वपूर्ण सुझाव’ सहित ताकेता गरेको हो ।

सुझावअनुसार अर्थ मन्त्रालयले भने कर छली र राजस्व चुहावट रोक्ने प्रभावकारी कार्यक्रम लागू गर्न सकेको छैन् । आजको राजधानी दैनिकबाट

मङ्गलबार १७ माघ २०७९ ०८:१२ AM मा प्रकाशित

प्रतिक्रिया