×

२०७९ माघ १८ गते बुधबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछी परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ ।  साझबाट समय राम्रो रहेकोले प्रेममा नजिक हुन सकिनेछ । व्यापारी,बिद्यार्थी तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । साझपख कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ । 

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । माया प्रेममा धोका हुनेछ भने आस्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापारमा मन्दी आउँने तथा लगानी गर्नको लागी केहि समय कुर्नुनै राम्रो हुनेछ । आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । पढाइमा प्रसस्त समय दिएमात्र नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साथीभाई तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साथीभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अध्ययन तथा अध्यापनमा मन नजादा महत्वपूर्ण उपलव्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्ति हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यापार व्यासायमा मन्दी आएपनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । परिवारको सदस्यको स्वास्थ्यमा समस्या आउन सक्छ।   प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । साझपख आफन्तसँग मनमुटाब बढ्न सक्छ ध्यान दिनुहोला ।

बुधबार १८ माघ २०७९ ०६:०६ AM मा प्रकाशित

प्रतिक्रिया