विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को संसदीय दल नेतामा उद्धब थापा निर्वाचित भएका छन्। पार्टीको प्रदेश नम्बर १ सभापतिसमेत रहेका प्रदेश सभा सांसद थापाले १८ मत ल्याएर विजयी भएका हुन्।
थापासँगै भिडेका केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरे । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । अर्याल सभापति शेरबहादुर देउवानिकट र कार्की शेखर कोइरालानिकटका हुन् ।
प्रतिक्रिया