मुक्तक

    images

    १ 
    न मान्छे भेटियो न त्यो समय मिल्यो
    सुख शान्ति भन्दा मनमा भय मिल्यो
    तड्पाउनेहरु पनि लामबद्ध छन यहाँ 
    मिठो स्वरमा हुँकारको लय मिल्यो।

    नसक्ने देख्दादेख्दै भारी बिसाउँदा रहेछन
    हाँसीहाँसी बोलीमा बिष मिसाउँदा रहेछन
    अब त को पराई को आफन्त छुट्याउन गाह्रो 
    श्रद्धाञ्जलीमा पनि स्वार्थ मिसाउँदा रहेछन।

    सजाएकै छु मुटुमा धड्कन बनाएर
    भए भरको माया उहि माथी खनाएर
    रमाउन पनि जानेको छु पसिना बगाई
    हर- पिडालाई महोत्सव झैँ मनाएर।

    साथ देउ एक्लो म पार्दिन कहिल्यै 
    यो मुटुबाट अन्त सार्दिन कहिल्यै 
    तिम्रो र मेरो प्रेमको विशाल युद्धमा 
    सक्छु म अब जित्न हार्दिन कहिल्यै।


                   पनौती-३,काभ्रे
     

    शुक्रबार​ १५ पुस २०७९ ०५:३३ PM मा प्रकाशित

    प्रतिक्रिया