काठमाडौं, १४ कात्तिक — सर्वोच्च अदालत बार एसोसिएसनले न्यायपालिकाप्रति जनआस्था र जनविश्वासमा गम्भीर आघात पुगेको औंल्याउँदै यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ।
हालै न्यायपालिकाभित्र देखिएका विभिन्न विवाद र घटनाक्रमहरूले अदालतप्रति आम नागरिकको विश्वासमा ठेस पुगेको सर्वोच्च बारको निष्कर्ष छ। न्यायपालिकाको गरिमा, निष्पक्षता र विश्वसनीयतालाई जोगाइराख्नका लागि उठेका गम्भीर प्रश्नहरूको पारदर्शी ढंगले छानबिन हुनुपर्नेमा जोड दिँदै सर्वोच्च बारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।
कानून व्यवसायीहरूको छाता संस्थाले अदालतको साख पुनर्जीवित गर्न र न्याय प्रणालीप्रतिको जनआस्था जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने समेत आवश्यकता औंल्याएको छ।
प्रतिक्रिया