काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन आगामी मङ्सिर २१ गते शनिबार हुने भएको छ। पार्टीभित्र समानान्तर महाधिवेशनको तयारीमा जुटेको देउवा समूहले काठमाडौँ जिल्ला अधिवेशनको मिति टुङ्गो लगाउँदै तयारी तीव्र पारेको हो। काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने उक्त अधिवेशनको उद्घाटन निवर्तमान सभापति देउवा आफैँले गर्ने कार्यक्रम तय भएको छ।
समानान्तर महाधिवेशनको रणनीति: संस्थापन इतर गतिविधि गरिरहेको देउवा पक्षले देशैभर समानान्तर रूपमा तल्लो तहदेखि नै अधिवेशनहरू गरिरहेको छ। सोही कार्यतालिका अनुसार काठमाडौँको ऐतिहासिक जिल्ला अधिवेशनको कमान्ड यस समूहले तय गरेको हो।
विभिन्न उपसमितिहरू गठन: अधिवेशनलाई भव्य, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि देउवा समूहका काठमाडौँ जिल्ला संयोजक जयकृष्ण महर्जनको अध्यक्षतामा विभिन्न उपसमितिहरू गठन गरिएका छन्।
नेता दिनेशविक्रम शाहका अनुसार काठमाडौँ जिल्लाभरका पार्टी कार्यकर्ताहरूलाई एकताबद्ध बनाउँदै यो अधिवेशनलाई शक्तिका रूपमा प्रस्तुत गर्ने रणनीति देउवा समूहले लिएको छ. पार्टीभित्र बढ्दै गएको आन्तरिक धु्रुवीकरणका बीच हुन लागेको यो अधिवेशनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
प्रतिक्रिया