×

प्रचण्डको आरोप: 'सरकारले जनताको अपेक्षा पूरा गर्न सकेन, परिस्थिति झन् असहज बन्दै'

images

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको वर्तमान राजनीतिक परिस्थिति सहज नरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारले जनताको चाहना र अपेक्षा अनुसार काम गर्न नसकेको दाबी गरे।

बैठकलाई सम्बोधन गर्ने क्रममा उनले गत निर्वाचनमा जनताले दिएको जनादेश र व्यक्त गरेको विश्वासलाई सरकारका पछिल्ला क्रियाकलापले सम्बोधन गर्न नसकेको उल्लेख गरे। "गत निर्वाचनमा जनताले जसरी आफ्नो अभिमत प्रकट गरेका थिए, यसबीचका सरकारी कदमहरूले उनीहरूलाई सन्तुष्ट पार्न सकेको छैन," प्रचण्डले भने।

सम्बोधनका क्रममा उनले दिनप्रतिदिन मुलुकको स्थिति थप जटिल र असहज बन्दै जाने हो कि भन्ने गम्भीर चिन्ता व्याप्त भएको समेत बताए। सरकारको फितलो कार्यशैलीका कारण सर्वसाधारणमा निराशा बढ्दै गएको टिप्पणी गर्दै उनले देशलाई सही दिशा दिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

बिहीबार १४ साउन २०८३ ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया