×

राजीनामा दिनुपर्ने कुनै अवस्था छैन- मुख्यमन्त्री लामा

images

हेटौडा । बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै अवस्था नरहेको दोहोराएका छन् ।

संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिदै मुख्यमन्त्री लामाले संबिधानमै दुई बर्षसम्म सरकार परिवर्तन गर्न नपाइने व्यवस्था रहेको बताउदै अहिले राजीनामा दिनुपर्ने कारण नरहेको बताए ।

मुख्यमन्त्री लामाले एकल सरकार भएको अवस्थामा संसदीय दलको नेता हुनुपर्ने जिकिर गर्दै संबिधानमा लेखेको अनुसार हुने बताए ।

उनले भने- 'राजीनामा दिनुपर्ने कुनै आधार नै छैन । संबिधानले १६८ को धारा २ अनुसार बनेको सरकार भएकाले संसदीय दलको नेता हुनु पर्दैन । स्थिर सरकार होस् भन्नका लागि २ बर्षसम्म सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरिएको छ । संबिधानमा लेखिएको कुरा अनुसार नै हुन्छ । संबिधान भन्दा बाहिर कोहि पनि जानुहुदैन ।'

बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बनेका छन् । बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४ मत परेको छ । त्यस्तै एक मत बदर भएको थियो ।

 

बुधबार १५ साउन २०८२ ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया