काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी साढे ४ घण्टापछि रिहा भएका छन्।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा तयारी भइरहेको समयमा कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार लगिएको थियो। सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ ।
रिहा भएसँगै उनलाई लिन पत्नी रन्जिता श्रेष्ठ पुगेकी थिइन्। कार्यकर्ताहरूले उनको भव्य स्वागत गरेका थिए।
प्रतिक्रिया