काठमाडौँ — नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणमार्फत देशमा सत्ताको चरम दुरुपयोग भइरहेको आरोप लगाएकी छिन्। देशमा प्रधानमन्त्री बालेन शाह छन् वा छैनन् भन्ने कुरासमेत आम मानिसले पत्ता लगाउन छाडेको वर्तमान अवस्थामा मुलुकमा सुशासनको साटो छाडातन्त्र हावी हुँदै गएको उनको भनाइ छ।
लोकतन्त्रको सचेत पहरेदार मानिने नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको उल्लेख गर्दै उनले सत्ताले गरेका गल्तीहरूको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का रहेको चेतावनी दिएकी छिन्।
जिम्मेवार सञ्चारमाध्यमहरूबाट सार्वजनिक भइसकेका समाचारलाई औंल्याउँदै महामन्त्री संग्रौलाले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको विषय अत्यन्तै गम्भीर रहेको बताएकी छिन्।
अब यस विषयमा स्पष्ट जवाफ दिने पालो सत्ता र सत्तारुढ दलको भएको बताउँदै उनले सरकारलाई कडा प्रश्न गर्दै भनिन्, “के बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ?”
प्रतिक्रिया