×

सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

images

नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो । 

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए । उनले  भने, ‘ गठबन्धनलाई निरन्तरता दिनुपर्छ । गठबन्धनले निरन्तरता प्राप्त पनि गर्छ । गठबन्धनको बहुमत पनि पुग्छ ।’

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई चित्त बुझाउनको विकल्प नभएको बताए । उनले भने, ‘अपेक्षाकृत परिणाम आएन । चुनाव परिणाममा चित्त बुझाउनुपर्छ । अरु कुरामा समीक्षा गरेर अगाडि बढ्ने निर्णय भएको छ ।’ खतिवडाले सम्पूर्ण चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने पछि गरिने जानकारी दिए । त्यस्तै सरकार गठन पनि सबै नजिता आएपछि मात्रै स्पष्ट हुने बताए ।

मङ्गलबार १३ मंसिर २०७९ ०३:१९ PM मा प्रकाशित

प्रतिक्रिया