×

कांग्रेसको घोषणा : सरकार बने ६५ वर्षमै वृद्ध भत्ता

images

काठमाडौं । नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमश: ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ ।

images

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने कांग्रेसको प्रतिज्ञा (घोषणापत्रसहित)

काठमाडौं- सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्सिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनक...

कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । तर कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा ६८ वर्ष गेकालाई दिइने ज्येष्ठ नागरिक भत्ता क्रमश: ६५ वर्षमा झारिने उल्लेख गरिएको हो ।

images

राष्ट्रिय सहमतिका आधारमा विदेश नीति निर्माण- नेपाली कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ।...

घोषणापत्रमा भनिएको छ, ‘कांग्रेसले परिकल्पना गरेको समतामूलक र न्यायपूर्ण समाजमा नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यका केही निश्चित आर्थिक तथा सामाजिक दायित्व हुन्छन् । त्यसैले नेपाली कांग्रेसले सस्तो लोकप्रियताका लागि सामाजिक सुरक्षाका खुद्रे वितरणमुखी कार्यक्रममा होइन, प्रत्येक नेपाली नागरिकले सम्मानित जीवनयापन गर्न सक्ने गरी एकीकृत सामाजिक सुरक्षा अवधारणामा विश्वास गर्दछ ।’

कोखदेखि शोकसम्मको एकीकृत सामाजिक सुरक्षा अवधारणामा कांग्रेस अडेको उल्लेख गरेको छ । कांग्रेसले ६५ वर्षको उमेरबाटै वृद्ध भत्ता दिने घोषणा समेत गरेको छ भने, निःशुल्क स्वास्थ्य बीमा गर्नेछ। अहिले ७० वर्षबाट कांग्रेस नेतृत्वकै सरकारले ६८ वर्षको उमेरबाट वृद्ध भत्ता दिँदै आएको छ।

७३ वर्ष माथि सबै ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने उल्लेख गरेको छ। कांग्रेसको सरकारले आगामी पाँच वर्षमा राष्ट्रिय परिचय स्मार्ट कार्डका माध्यमबाट कोखदेखि शोकसम्मका एकीकृत सामाजिक सुरक्षा प्याकेज लागु गर्नेछ। 

शनिबार १२ कात्तिक २०७९ ०६:३७ PM मा प्रकाशित

प्रतिक्रिया