×

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

images

काठमाडौं ।  नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारणपूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि कार्यक्रम तय गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । 

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र आज बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ । 

कांग्रेसले यसअघि गत आइतबार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । घोषणापत्रलाई अर्थविद् डा स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको छ । कांग्रेसको घोषणापत्रका लागि वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, युवा राजनीतिक विश्लेषक शंकर तिवारी, महामन्त्री थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेललगायतले तयार गरेका छन् ।

शनिबार १२ कात्तिक २०७९ ०९:४२ AM मा प्रकाशित

प्रतिक्रिया